नियम १३
राष्ट्रिय स्रोत संरक्षण आयोगको काम, कर्तव्य र अधिकार –
(१) ऐनको दफा १५ बमोजिमको राष्ट्रिय स्रोत संरक्षण आयोगको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ (क) बाढी पैरो, भू क्षय जस्ता प्राकृतिक प्रकोपको नियन्त्रण गरी भू तथा जलाधार संरक्षण सम्बन्धी विषयमा नीति, उद्देश्य, प्राथिमकता एवं लक्ष्य निर्धारण गर्नको लागि नेपाल सरकारलाई राय दिने ।
(ख) भू तथा जलाधार संरक्षण सम्बन्धी काम कार्यान्वयन गर्ने आयोजनाहरुबीच समन्वय गराउने ।
(ग) भू तथा जलाधार संरक्षण योजनाहरुको समीक्षा एवं मूल्याङ्कन गरीनेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने ।
(घ) भू तथा जलाधार संरक्षणको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क स्थापितगर्ने ।
(ङ) भू तथा जलाधार संरक्षण सम्बन्धी गोष्ठी, तालिम, सम्मेलन,सेमिनारको आयोजना गर्ने ।
(च) भू तथा जलाधार संरक्षण सम्बन्धी नेपाल सरकारले तोकेको अन्य कार्यहरु गर्ने गराउने ।